बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

कुवेतलाई २५ रनले हराउँदै नेपालको लगातार दोस्रो जित

कुवेतलाई २५ रनले हराउँदै नेपालको लगातार दोस्रो जित

  • 1.6K
    SHARES

  • कुवेतलाई २५ रनले हराउँदै  नेपालको लगातार दोस्रो जित

    मलेसियामा जारी एसीसी महिला टी ट्वान्टी च्याम्पियनसिपमा नेपालले कुवेतमाथि जित निकालेको छ ।

    आज कुवेतलाई २५ रनले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो । किनरारा ओभलमा नेपालले दिएको १०८ रनको लक्ष्य पछ्याएको कुवेतले २० ओभरमा ७  विकेट गुमाएर मात्र ८२  रन बनाउन सक्यो । कुवेतका लागि प्रियादा मुरालीले ३१ रनको योगदान गरिन् ।

    मारिमा हेदरले १५ तथा कप्तान आम्ना तारिकले १४ रन बनाइन् । बलिङतर्फ नेपालका लागि सीता रानामगरले दुई विकेट लिइन् । अश्मिना कर्माचार्य, संगीता राई र इन्दु वर्माले एक एक विकेट लिइन्  । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १०७ रन बनायो । नेपालका लागि कप्तान रुबिना छेत्रीले सर्वाधिक ३४ रनको योगदान गरिन् । इन्दु बर्माले २८ रन बनाउँदा ज्योती पाण्डेले १५ रन जोडिन् ।

    नेपालकी विन्दु रावलले ११ रनको योगदान गरिन् । बलिङतर्फ कुवेतका लागि मारिमा हेदरले दुई विकेट लिइन् । मारियम ओमार र खादिला खाजिलले एक एक विकेट लिइन् । अब नेपालले सोमबार बहराइन र अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ ।

    जितसँगै नेपालले २ खेलमा ४ अंक जोडेको छ ।  समूह ‘बी’ मा रहेको नेपाल शीर्ष स्थानमा रहेको छ । जितपछि नेपालको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ । 

    शनिवार, आषाढ ४ २०७९०५:२१:४२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार