एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपालले भुटानलाई ९५ रनको लक्ष्य दिएका छन् ।
मलेसियाको यूएसडी यूकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धातिर २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रन बनाएको छ । नेपालका लागि काजोल श्रेष्ठले सर्वाधिक २६ रनको योगदान गरिन् । कप्तान रुविना क्षेत्रीले २१ रन बनाउँदा इन्दु बर्माले २० रन जोडिन् ।
नेपालका लाग त्यसबाहेकका ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका तीन जना ब्याट्र रन आउट भएका थिए भुटानका लागि अन्जु गुरुङ, सोनाम पाल्डोम र टासी चेकीले एक–एक विकेट लिए । नेपाल आज भुटानलाई हराउँदै च्याम्पियनसिपमा सुखद सुरुआत गर्न चाहन्छ ।
भुटान पनि नेपाललाई हराएर सुखद सुरुआती गर्ने योजनामा रहेको छ । च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने समेत छन् । च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।