कप्तान लियोनेल मेस्सी एक्लैले पाँच गोल गरेपछि एस्टोनियाविरुद्धको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले शानदार जीत हासिल गरे ।
केही दिन अघिमात्र युरोप र दक्षिण अमेरिकाको च्याम्पियन टोलीबीचको फाइनालिस्मामा इटालीलाई ३-० ले हराएको अर्जेन्टिनाले आफ्नो उत्कृष्ट फर्मलाई जारी राखे ।
आइतबार राति भएको खेलमा मेस्सीले खेलको सुरुवातमा पेनाल्टीबाट अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । त्यसपछि पहिलो हाफको अन्त्यमा उनले अग्रता दोब्बर बनाए ।
दोस्रो हाफमा तीन गोल थप्दै टोलीलाई सहज जीत दिलाए । ३४ वर्षीय खेलाडीले अर्जेन्टिनाका लागि एकै खेलमा पाँच गोल गरेको पहिलो पटक हो । यसअघि बार्सिलोनाका लागि उनले बायर लेभरक्युजनविरुद्ध यो उपलब्धि हासिल गरेका थिए ।
अन्तर्राष्ट्रिय खेलमा मेस्सीको गोल सङ्ख्या ८४ पुगेको छ । उनी सर्वाधिक गोलकर्ताको सूचीमा चौथो स्थानमा रहेका छन् । शीर्ष स्थानमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो रहेका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।