१४ स्थानीय तह रहेको पर्सालाई आगामी आर्थिक वर्ष २०७९८० का लागि संघीय सरकारले समानीकरण, सशर्त र विशेष अनुदान गरी करिब पाँच अर्ब १० करोड १६ लाख बराबरको बजेट विनियोजन गरेको छ ।
एक महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिका रहेको यस जिल्लामा सबैभन्दा बढी वीरगञ्ज महानगरमा एक अर्ब ४४ करोड ८६ लाख र सबैभन्दा कम पकाहामैनपुर गाउँपालिकालाई २१ करोड विनियोजन भएको हो ।
तीन नगरपालिकालाई एक अर्ब ६४ लाख तथा दशवटा गाउँपालिकालाई दुई अर्ब ६४ करोड ६७ लाख बजेट विनियोजित भएको छ । यस्तै विनियोजित बजेटमध्ये पोखरिया नगरलाई ३३ करोड ३२ लाख, पर्सागढी नगरलाई ३१ करोड ४७ लाख र बहुदरमाई नगरलाई ३५ करोड ८५ लाख रुपैयाँ विनियोजित भएको हो । त्यसैगरी, छिपहरमाई गाउँपालिकालाई २८ करोड ३५ लाख, जगरनाथपुरलाई २८ करोड ८९ लाख, धोबिनीलाई २२ करोड १२ लाख,पटेर्वासुगौलीलाई २८ करोड तीन लाख, विन्ध्यवासिनीलाई २४ करोड ४० लाख, सखुवाप्रसौनीलाई ३३ करोड ९८ लाख, ठोरीलाई ३१ करोड २६ लाख, कालिकामाईलाई २२ करोड २९ लाख, र जीराभवानी गाउँपालिकालाई २५ करोड ३५ लाख बजेट विनियोजन गरिएको हो ।
विशेष अनुदानतर्फ आगामी बजेटका लागि वीरगञ्ज महानगरलाई दुई करोड, जगरनाथपुर गाउँपालिकालाई एक करोड ४४ लाख, पटेर्वासुगौली गाउँपालिकालाई दुई करोड, ठोरी गाउँपालिकालाई दुई करोड ८५ लाख र जीराभवानी गाउँपालिकालाई रु एक करोड विशेष अनुदान पाएको छ । यहाँको नौ स्थानीय तहले विशेष अनुदान पाएका छैनन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।