इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको फाइनल खेल आज हुँदैन ।
अहमाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने उपाधि भिडन्तमा गुजरात टाइटान्स र राजस्थान रोयल्स प्रतिस्पर्धा गर्दैछन् । दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ८ १५ बाट सुरु हुनेछ । पहिलो सिजन खेलेर फाइनल पुग्न सफल गुजरात उपाधि जित्दै इतिहास रच्न चाहन्छ । गुजरातले यो सिजनबाट आइपीएलमा डेब्यू गरे ।
पहिलो सिजन नै उपाधि आफ्नो पक्षमा पार्ने गुजरातको योजना छ । राजस्थान पनि आजको खेलमा सजह जित निकाल्दै प्रतियोगिताको दोस्रो उपाधि जित्ने योनजामा छ । राजस्थानले सन् २००८ मा उपाधि जिते ।
राजस्थानलाई उपाधि जित्ने मौका छ । दुई टोलीबीच यसै सिजन भएका दुई खेलमा गुजरातले जित निकालेको थियो । लिग चरणको खेलमा राजस्थानमाथि ३७ रनको जित निकालेको गुजरातले पहिलो क्वालिफायर्समा ७ विकेटको जित निकालेको थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।