अभिनेत्री दीया पुनले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन् ।
उनले सगरमाथा शिखर चुमेकी छन् । उनी सगरमाथा शिखरमा पुग्न सफल भएको आरोही निर्मल पूर्जाले सामाजिक संजाल मार्फत जानकारी दिए ।
निर्मल पूर्जाको एलिट एक्सपिडिसन आरोही दलमार्फत उनीसहित २० जनाको टोलीले एकसाथ सगरमाथा आरोहण गरे । ६ अप्रिलमा सगरमाथाको चुचुरोमा पुग्ने लक्ष्यका साथ गत चैत्रमा आरोहण सुरु गरेकी दीया केही ढिलो गरेर सगरमाथाको चुचुरोमा पुगेकी छन् ।
अर्जेन्टिनाको ६ हजार ९६१ मिटर अग्लो माउन्ट ओकुनकागवा चढेर आरोहण यात्रा थालेकी दीयाले यसअघि ८ हजार १६३ मिटर अग्लो हिमाल मनास्लु पनि चढेकी थिइन् । उनले आफ्नै ४२ लाख रुपैयाँ खर्चमा सगरमाथा आरोहण गरेकी हुन् ।
दीया अभिनित फिल्म मन्त्र केही अगाडि सार्वजनिक प्रदर्शनमा आएको थियो उनले मन्त्रको अलवा अन्य केही फिलम अभिनय गरेकी छन्
।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।