बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

फिल्म अभिनयमा डेब्यु गर्दै गरिमा शर्मा

फिल्म अभिनयमा डेब्यु गर्दै गरिमा शर्मा

  • 2.3K
    SHARES

  • फिल्म अभिनयमा डेब्यु गर्दै गरिमा  शर्मा

    काठमाडाै, म्युजिक भिडियोकी चर्चित मोडल गरिमा शर्मा फिल्म अभिनयमा डेब्यु गर्ने भएकी छन् ।

    ‘लण्डन टु पेरिस’बाट उनले फिल्म डेब्यु गर्न लागेकी छन् । एबी इन्टरनेशनलको ब्यानरमा निर्माण हुने फिल्म अभिनयका लागि उनले हालै सम्झौता गरेकी छन् । फिल्मका निर्देशक घनश्याम लामिछाने हुन् । निर्देशक लामिछानेले फिल्मको मुख्य भूमिकाको लागि गरिमा छनौट भएको बताए ।

    ‘फिल्मको कथा अनुसार गरिमा सुहाउने देखेर फाइनल गरेका छौ’ लामिछानेले भने । आधुनिक प्रेमकथामा निर्माण हुने यो फिल्ममा यसअघि नै अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह फाइनल भएकी छन् । निर्माण टिमले दिएको जानकारी अनुसार फिल्मका मुख्य अभिनेता छनौट बाँकी रहेको छ । फिल्मको केही दिनयता कान्तिपुर फिल्म एकेडेमीमा वर्कसप चलिरहेको छ ।

    निर्देशक लामिछानेले यसअघि धौली,अग्निदहन, पञ्चेबाजा जस्ता फिल्म निर्देशन गरिसकेका छन् । फिल्मको कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेखे । फिल्म असारदेखि फ्लोरमा जाने तयारीमा छ । अमित बस्नेत,अजित कुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल निर्माता रहेको फिल्मका सह–निर्माता अजित सिंह छन् । 

    बिहिवार, जेठ १२ २०७९०५:३४:१४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार