बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

पीएसजीमा रहँदा खुसी छु : एम्बाप्पे

पीएसजीमा रहँदा खुसी छु : एम्बाप्पे

  • 2.2K
    SHARES

  • पीएसजीमा रहँदा खुसी छु : एम्बाप्पे

    फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का युवा स्ट्राइकर केलियन एमबाप्पेले क्लबसँगको सम्झौता नवीकरण गर्दा आफू खुसी भएको बताए ।

    ​ एमबाप्पे सन् २०१८ मा मोनाकोबाट पीएसजी आएका थिए । २३ वर्षीय एमबाप्पेले अब आउने सिजनमा आफूले क्लबलाई उपाधि दिलाउन लागि पर्ने बताए । एम्बाप्पे पछिल्लो समय स्पेनिस क्लब रियल मड्रिड जाने चर्चा थियो । सिजनको अन्तिम समयमा आउँदा उनले पीएसजीमा तीन वर्षका लागि सम्झौता नवीकरण गरे ।

    सम्झौता नवीकरणसँगै एमबाप्पे २०२५ को जुन ३० सम्म पीएसजीमा रहने छन् । ‘म पीएसजीमा नै रहँदा खुसी छु । क्लबका लागि उपाधि दिलाउन लागि पर्नेछु । मलाई आशा छ मेरो प्रदर्शनले क्लबमा ठूलो परिवर्तन ल्याउनेछ सम्झौता नवीकरणपछि एम्बाप्पेले भने ।

    एम्बाप्पेले हालसम्मको सहयोगका लागि विश्वभर रहेका पीएसजीका समर्थकहरुलाई धन्यवाद दिए । उनले समर्थकको साथ र सहयोग विना आफ्नो आगामि यात्रा असम्भव भएको बताए । उनले क्लबका अध्यक्ष नासेर अल–खेलाफीले आफूप्रति गरेको विश्वासको कदर गर्ने बताए ।

    विश्वभर रहेको पीएसजीका समर्थकहरुलाई धेरै धन्यवाद दिन चाहन्छु । उहाँहरुको समर्थनबिना आगामि यात्रा सम्भव छैन् । क्लबका अध्यक्ष खेलाफीले मप्रति राखेको विश्वासको पनि कदर गर्नेछु ।

    पीएसजीका अध्यक्ष खेलाफीले पीएसजीमा एम्बाप्पेलाई लामो समय राख्न पाउँदा निकै खुसी भएको बताए । उनले  यो क्लब र विश्वभरका समर्थकहरूका लागि निकै खुसीको क्षण रहेको बताए । 

    आइतवार, जेठ ८ २०७९१०:०२:२७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार