युगान्डाले दुई खेल अगावै जित्यो नेपाली राष्ट्रिय महिला क्रिकेट टोली विरुद्धको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज जितेका छन् ।
आज भएको सिरिजको तेस्रो खेलमा युगान्डाले नेपाललाई ६ विकेटले हराउँदै दुई खेल अगावै सिरिज जित्न सफल भयो । त्रिवि क्रिकेट मैदानमा नेपालले जितका लागि दिएको एक सय रनको लक्ष्य पछ्याएको युगान्डाले १८ ओभर २ बलमा ४ विकेट गुमाएर १०१ रन बनएको छ ।
युगान्डाका लागि केभिन विनोले सर्वाधिक ४२ रनको योगदान गरिन् । जनेत बाबाजीले २७ रन बनाउँदा अन्य कुने ब्याटरले दोहोरो रन जोड्न सकेनन् ।
बलिङतर्फ नेपालका लागि कविता कुँवरले दुई विकेट लिइन् । रुबिना क्षेत्री र इन्दु बर्माले एक–एक विकेट लिइन् । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले यसअघि निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९९ रन बनाएको थियो । नेपालका लागि ज्योती पाण्डेले सर्वाधिक ४७ रनको योगदान गरिन् ।
सो जितसँगै युगान्डाले पाँच खेलको सिरिज दुई खेल अगावै ३–० ले जितेको छ । दुई टोली बीचको चौथो टी–ट्वान्टी भोलि हुनेछ । ५४ बल खेलेकी उनले ५ चौका प्रहार गरिन् ।
नेपालका लागि कप्तान रुविना श्रेत्रीले १६ रन बनाउँदा सीता रानामगरले १२ रनको योगदान गरिन् । बलिङतर्फ युगान्डाका लागि फिओना कुलेमे,कोन्के वेको र सारहा किटेङले दुई–दुई विकेट लिइन् । त्यस्तै जानेट बाबाजी र रिता मुसामालीले एक–एक विकेट लिइन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।