कोलकाता नाइट राइडर्सलाई २ रनले हराउँदै लखनउ सुपर जाइन्ट्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी-२० क्रिकेट प्रतियोगिताको प्लेअफमा प्रवेश गरेको छ ।
राति जितसँगै प्लेअफ पुग्ने लखनउ दोस्रो टिम बन्यो । यसअघि नयाँ टोली गुजरात टाइटन्स प्लेअफमा स्थान बनाए । मुम्बईमा लखनउले दिएको २११ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ८ विकेट गुमाएर २०८ रनमा समेटियो । उसका लागि कप्तान श्रेयस आयरले सर्वाधिक ५० रन बनाए ।
नितिश रानाले ४२ तथा रिन्कु सिंहले ४० रनको योगदान गरे । लखनउका मार्कुस स्टोनिस र मोसिन खानले ३-३ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा विना विकेटको क्षतिमा २१० रनको विशाल योगफल खडा गरेको थियो ।
लखनउका ओपनर क्विन्टन डी ककले अविजित १४० रन बनाए । अर्का ओपनर तथा कप्तान केएल राहुलले अविजित ६८ रन बनाए । जितसँगै लखनउले १४ खेलबाट १८ अंक जोडेको छ । कोलकाता १२ अंक जोडेर छैटौं स्थानमा छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।