बुढानिलकण्ठ नगरपालिका वडा नं ३ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार आकास धिताल विजयी भएका छन ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवार बनेर वडा सदस्यमा निर्वाचित भएका धितालले यस पटक पार्टीले अन्याय गर्दै टिकट नदिए पछी स्वतन्त्र उम्मेद्वारी दिएका थिए ।
२०७९ को निर्वाचनमा धितालले ५१२ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका राजेन्द्र खड्काले ४७४ मत प्राप्त गरेका छन।