बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

कोलकाता नाइट राइडर्सले सनराइजर्सले हैदरावादलाई ५४ रनले हरायो

कोलकाता नाइट राइडर्सले सनराइजर्सले हैदरावादलाई ५४ रनले हरायो

  • 1.7K
    SHARES

  • कोलकाता नाइट राइडर्सले सनराइजर्सले हैदरावादलाई ५४ रनले हरायो

    आईपीएलको ६१ औँ खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई ५४ रनले पराजित गर्दै दुई अंक मात्र बटुलेन, अंक तालिकामा राम्रो नेट रन रेट पनि बनाएको छ र हैदरावाद र पञ्जाबलाई पछि पार्दै छैटौँ स्थानमा पुगे ।

    टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले आन्द्रे रसेलको अविजित ४९ रनको सहयोगमा २० ओभरमा ६ विकेट गुमाएर १७७ रन बनाएको थियो ।हैदरावादका लागि उमरान मलिकले तीन विकेट लिए ।

    जवाफमा हैदरावादले निकै ढिलो सुरुआत गर्‍यो र उसको विकेट पनि लगातार खस्दै गयो । ओपनर अभिषेक शर्माले ४३ रन बनाए भने एडन मार्करमले ३२ रनको योगदान दिए ।

    शशांक सिंहले ११ रन बनाए । यी तीन ब्याट्सम्यानबाहेक अरू कुनै खेलाडीले दोहोरो रन बनाउन सकेनन् । हैदरावादको इनिङ्समा आन्द्रे रसेलले अलराउण्ड प्रदर्शन गर्दै ३ विकेट लिए । 

    कोलकाताले प्लेअफको दौडमा दुई कदम अगाडि बढ्दै अंक तालिकामा १२ अंक जोड्दै हैदरावाद र पञ्जाबलाई पछि पार्दै छैटौँ स्थानमा पुगेको छ ।

    आइतवार, जेठ १ २०७९०८:००:३६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार