इन्टर मिलानलाई पछि पार्दै एसी मिलान इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ ।
आइतबार राति मिलानले हेलास भेरोनामाथि ३–१ को पूनरागमन जित निकाल्दै शीर्ष स्थानमा फर्किए । एसी मिलानको जितसँगै सिरी ए को उपाधि यात्रा झनै रोचक बनेको छ ।
मिलानको जितमा सान्द्रो टोनालीले २ तथा एलेसान्द्रो फ्लोरेन्जीले १ गोल गरे । घरेलु टोली भेरोनाका मार्काे डेभिड फाराओनीको सान्त्वना गोल गरे ।
जितसँगै मिलानले ३६ खेलबाट ८० अंक जोडेको छ । दोस्रो स्थानको इन्टर मिलानको ७८ अंक छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।