राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लेको छ ।
मंगलबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई २९ रनले हराउँदै राजस्थान शीर्ष स्थानमा उक्लेको हो । पुनेमा राजस्थानले दिएको १४५ रनको लक्ष्य पछ्याएको बैंगलोर १९ ओभर ३ बलमा १०५ रन बनाउन सक्यो । बैंगलोरका लागि कप्तान फाप डु प्लेसिसले सर्वाधिक २३ रन जोड्दा वानिन्दु हसरंगाले १८ रन बनाए ।
त्यस्तै साहबाज अहमेदले १७ रनको योगदान गरे ।बलिङततर्फ राजस्थानका लागि कुलदिप सेनले ४ विकेट लिए । त्यस्तै रविचन्द्र आश्विनले ३ तथा प्रसिद्ध किसनले २ विकेट लिए ।
पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १४४ रन जोडेको थियो । राजस्थानका रियान परागले ५६ रनको अर्धशतकीय पारी खेले । यस्तै कप्तान सन्जु सामसनले २७ तथा रविचन्द्र आश्विनले १७ रन जोडे । बैंगलोरका मोहमद सिराज, जोश हाजलउड र वानिन्दु हसरंगाले २२ विकेट लिए ।
जितसँगै राजस्थान ८ खेलमा १२ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । पराजित बैंगलोर ९ खेलमा १० अंक जोडेर पाँचौँ स्थानमा छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।