इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा महारथी क्लबहरू लिभरपुल र चेल्सी विजयी भएका छन् ।
मर्सीसाइड डर्बीअन्तर्गत घरेलु मैदान एनफिल्डमा लिभरपुलले एभर्टनलाई २-० अन्तरले हरायो । पहिलो हाफमा एभर्टनको बलियो रक्षापंक्ति तोड्न नसकेको लिभरपुलका लागि दोस्रो हाफमा जित दिलाउन एन्ड्रयु रोबर्टसन र डिभोग ओरिगीले एक एक गोल गरे । ६२औँ मिनेटमा रोबर्टसनले गोल गर्दै अग्रता दिलाए ।
८५औँ मिनेटमा ओरिगीले गोल गर्दै सहज जित दिलाए । जितसँगै लिभरपुलले ३३ खेलबाट ७९ अंक जोडेको छ र शीर्ष स्थानको म्यानचेस्टर सिटीसंगको दूरी एक अंकमा झारेको छ । ३२ खेलबाट २९ अंक जोडेर रेलिगेशन क्षेत्रको १८औँ स्थानमा छ । अर्को खेलमा चेल्सीले वेस्ट ह्याम युनाईटेडलाई १-० अन्तरले पराजित गर्याे । चेल्सीको जितमा क्रिस्टियन पुलिसिचले खेलको ९०औँ मिनेटमा गोल गरे ।
क्रेग डसनले रातो कार्ड पाएपछि वेस्ट ह्याम ८६औँ मिनेटमा १० खेलाडीमा समेटिएको थियो । यस जितसँगै चेल्सी ३२ खेलमा ६५ अंक जोडेर तेस्रो स्थानमा छ । वेस्ट ह्याम ५२ अंक जोडेर सातौं स्थानमा छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।