बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

युनाइटेडको पोस्टमा लिभरपुल उपाधिको चार गोल

युनाइटेडको पोस्टमा लिभरपुल उपाधिको चार गोल

मेगा खबर संवाददाता

७, बैशाख २०७९
  • 2.1K
    SHARES

  • युनाइटेडको पोस्टमा लिभरपुल उपाधिको चार गोल

    उपाधि होडमा रहेको लिभरपुलले इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई  ४–० अन्तरले पराजित गरेको छ ।

    घरेलु मैदान एनफिल्डमा  एकपक्षीय खेल खेलेको लिभरपुलले उपाधि यात्रामा म्यानचेस्टर सिटीलाई पछ्याउने क्रममा दुवै हाफमा दुई-दुई गोल गरे ।

    टोलीको सानदार जितमा मोहम्मद सलाहले दुई तथा लुइस डियाज र साडियो मानेले एक-एक गोल गरे । ​पुत्रशोकका कारण युनाइटेडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो खेलमा अनुपस्थित थिए ।

    जितसँगै शीर्षस्थानमा उक्लिएको लिभरपुलको ३२ खेलबाट ७६ अंक जोडेको छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ७४ अंक छ । हारसँगै युनाइटेड ३३ खेलबाट ५४ अंक जोडेर छैटौँ स्थानमा छ ।

    बुधवार, बैशाख ७ २०७९०९:००:५९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार