बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

‘सम्झना बिर्सना’ को ट्रेलरमा पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठको दुस्मनी

‘सम्झना बिर्सना’ को ट्रेलरमा पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठको दुस्मनी

मेगा खबर संवाददाता

६, बैशाख २०७९
  • 1.8K
    SHARES

  • ‘सम्झना बिर्सना’ को ट्रेलरमा पूजा  शर्मा  र अभिनेता आकाश श्रेष्ठको दुस्मनी

    अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘सम्झना–बिर्सना’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

    निमेष प्रधान निर्देशित फिल्मलाई अद्वितिय प्रधान र रेविका प्रधानले निर्माण गरे । जेठ ६ गते प्रदर्शन हुने फिल्ममा पूजा र आकाशको अलवा सुनील थापा, छुल्ठिम गुरुङ, शिशिर राणा लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । तीन मिनेट अवधिको ट्रेलरमा कमेडी, लभ, रोमान्स, सेन्टिमेन्टस् तथा सस्पेन्सका देखाइएको छ । 

    दार्जिलिङ, सिल्गुडी तथा सिक्किमका बिभिन्न रमणीय स्थानमा खिचिएको फिल्मको कथा र पटकथा निर्देशक निमेषकै हो, सम्वाद लेखनमा उनलाई शिशिर राणाले सघाएका छन् । दर्शकहरुले औधी मन पराएको पूजा र आकाशको जोडीलाई दर्शकले एउटै फिल्ममा हेर्न नपाएको धेरै भएको छ । केही दिनअघि सार्वजनीक यो फिल्मको ‘परेलीमा’ बोलको गीतले दर्शक स्रोताको मन जितिरहेको छ । ट्रेलरले त फ्यानहरुमा अझै खुसीयाली ल्याउने बिश्वास निर्माण पक्षको छ । 

    उनीहरुबीच सम्बन्ध चिसिएको हल्ला चलिरहेको छ । ट्रेलरमा पूजा र आकाशबीचको सम्बन्धमा असमझदारी भएको झलक देखाइएको छ, जुन कुरा उनीहरुको वास्तविक जीवनसँग मेल खान गएको छ । कतिपयले भने ‘सम्झना–बिर्सना’ ले यी दुईको पुनः मिलाप गराउने अनुमान समेत गरे । 

    आदित्य फिल्मस्को प्रस्तुति रहेको ‘सम्झना बिर्सना’ शिब ढकालले खिचेका हुन्, भने सम्पादन तारा थापा ‘किम्भे’ ले गरेका छन् । फिल्मका गीतमा राजन इशान,सुदर्शन तामाङ र निर्देशक निमेषकै संगीत छ । 

    मंगलवार, बैशाख ६ २०७९०५:४८:०९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार