लिभरपुल एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
सेमिफाइनल खेलमा लिभरपुलले सिटीलाई ३–२ गोल अन्तरले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । वेम्बली स्टेडियमा भएको खेलमा लिभरपुललाई जित दिलाउन साडियो मानेले दुई गोल गरे त्यस्तै इब्राहिम कोनाटेले एक गोल गरे ।
सिटीका लागि ज्याक ग्रेलिस र ब्रनान्डो शिल्भाले एक–एक गोल गरे । लिभरपुले तीनै गोल पहिलो हाफमा गरेको थियो । खेलको नवौं मिनेटमा कोनाटेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । खेलको १७ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे ।
४५ औं मिनेटमा मानेले व्यक्तिगत दोस्रो गोल गर्दा लिभरपुल ३–० ले अघि भयो । खेलको ४७ औं मिनेटमा सिटीका ग्रेलिसले गोल गर्दै टिमलाई ३–१ गोलको अवस्थामा ल्याए । खेलको इन्ज्युरी समयमा सिटीका सिल्भाले गोल गरेपनि लिभरपुल ३–२ ले विजयी भयो । लिभरपुलले अब उपाधिका लागि चेल्सी र क्रिस्टल प्यालेस बीचको विजेतासँग खेल्नेछ ।
लिभरपुल सन् २०१२ पछि पहिलो पटक एफए कपको फाइनलमा प्रवेश गरेको हो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।