गुजरात टाइटान्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।
बिहीबार भएको खेलमा राजस्थान रोयल्सलाई ३७ रनले हराउँदै गुजरात तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । मुम्बईमा भएको खेलमा गुजरातले दिएको १९३ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र १५५ रन बनायो ।
राजस्थानका लागि जोस बट्लरले ५४ रनको अर्धशतकीय पारी खेले । २४ बल खेलेका उनले ८ चौका र ३ छक्का प्रहार गरे । सिमरोन हेटमायरले २९ रन बनाउँदा रियान परागले १८ रनको योगदान गरे । बलिङतर्फ गुजरातका लागि लकी फग्र्युसन र यस दयालले समान तीन–तीन विकेट लिए । त्यस्तै मोहमद श्वामी र कप्तान हार्दीक पाड्याले समान एक–एक विकेट लिए ।
पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९२ रन बनाएको थियो । गुजरातका लागि कप्तान हार्दिक पाड्याले ८७ रनको अर्धशतकीय पारी खेले । ५२ बल खेलेका उनले ८ चौका र ४ छक्का प्रहार गरे ।
अभिनव मोनहरले ४३ रन बनाउँदा डेभिड मिलरले ३१ रनको योगदा गरे । बलिङतर्फ राजस्थानका लागि कुलदीप शेन, युजभेन्द्र चहाल र रियन परागले समान एक–एक विकेट लिए । जितसँगै गुजरातले ५ खेलबाट ८ अंक जोडेको छ । गुजरात तालिकाको शीर्ष स्थानमा छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।