इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा मुम्बई इन्डियन्सले लगातार चौथो हार व्यहोरेको छ ।
शनिबार भएको खेलमा मुम्बई रोयल्स च्यालेन्जर्स बैंगलोरसँग ७ विकेटले पराजित भएको हो । पुनेमा मुम्बईले जितका लागि दिएको १५२ रनको लक्ष्य पछ्याएको बैंगलोरले १८ ओभर ३ बलमा ३ विकेट गुमाए ।
बैंगलोरका लागि अनुज रावतले ६६ रनको अर्धशतकीय पारी खेले । ४७ बल खेलेका उनले २ चौका र ६ छक्का प्रहार गरे । त्यस्तै कप्तान विराट कोहलीले ४८ रन बनाए । ३६ बल खेलेका उनले ५ चौका प्रहार गरे । फाफ डू प्लेसीले १६ रन बनाए । बलिङतर्फ मुम्बईका लागि जयदेव गटाखण्ड र डेवाल ब्रेविसले एक–एक विकेट लिए ।
पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५१ रन बनायो । मुम्बईका लागि सुर्यकुमार यादवले नट आउट ६८ रनको अर्धशतकीय पारी खेले । ३७ बल खेलेका उनले ५ चौका र ६ छक्का प्रहार गरे । इसन किसन र कप्तान रोहित शर्माले समान २६–२६ रनको योगदान गरे ।
बलिङतर्फ बैंगलोरका लागि वानिन्दु हर्शरंङ्गा र हर्शल पटेलले दुई–दुई विकेट लिए । त्यस्तै आकाश दीपले एक विकेट लिए । जितसँग बैंगलोरले ४ खेलबाट ६ अंक जोडेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।