युइएफए युरोपा लिग फुटबल अन्तर्गत बिहीबार भएको क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोना फ्रान्कफुर्टसँग १-१ गोल अन्तरले बराबरीमा रोकिए ।
खेलमा पहिलो गोल घरेलु टोली फ्रान्कफुर्टले गर्याे ।भ्रमणकारी टोली बार्सिलोनाले खेल बराबरी ल्याए । ४८औं मिनेटमा एन्स्गर नौफले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए ।
६६ औं मिनेटमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनालाई बराबरी स्थितिमा ल्याए । खेलको ७८ औं मिनेटमा टुटाले रातो कार्ड पाएपछि फ्रान्कफुर्ट १० खेलाडीमा समेटिएको थियो ।
अब बार्सिलोना र फ्रान्कफुर्टबीचको दोस्रो लेग १५ अप्रिलमा बार्सिलोनाको मैदानमा नोउ क्याम्पमा हुनेछ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।