बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

अमेरिकाले लामखुट्टेसँग लामखुट्टे नै लड्ने ७५ करोड लामखुट्टे प्रकृतिमा छाड्दै

अमेरिकाले लामखुट्टेसँग लामखुट्टे नै लड्ने ७५ करोड लामखुट्टे प्रकृतिमा छाड्दै

मेगा खबर संवाददाता

६, भाद्र २०७७
  • 4.4K
    SHARES

  • अमेरिकाले लामखुट्टेसँग लामखुट्टे नै लड्ने ७५ करोड लामखुट्टे प्रकृतिमा छाड्दै

    काठमाडौं। अमेरिकाले डेंगु नियन्त्रणको लागि लामखुट्टेसँग लामखुट्टेलाई नै भिडाउने तयारी गरेको छ ।
    अमेरिकाको फ्लोरिडामा ७५ करोड जेनेटिकली मोडिफाइड ९जैविक रुपमा पुनर्संरचना गरिएका० लामखुट्टे प्रकृतिमा छोडिनेछन् ।
    स्थानीय स्तरमा जीका भाइरस र डेंगु फैलाउने प्रजातिका लामखुट्टेको संख्यामा नियन्त्रण गर्ने उद्देश्यले यस्तो गर्न लागिएको हो । वर्षौंदेखि पर्यावरण विशेषज्ञहरुबीच यसरी ठूलो संख्यामा लामखुट्टे प्रकृतिमा छोड्दा स्थिति बिग्रियो भने जिम्मेवार को हुने भन्ने विषयमा बहस भइरहेको छ ।
    यद्यपि अहिलेको लागि यो पाइलट प्रोजेक्टले स्वीकृति पाइसकेको लाइभ र्सान्सको रिपोर्टमा उल्लेख छ ।

    यसका लागि प्रयोगशालामा विशेष किसिमका लामखुट्टे तयार गरिन्छन् जसको शरीरमा एक विशेष किसिमको प्रोटिन हुन्छ । यी लामखुट्टेलाई जेनेटिकली मोडिफाइड लामखुट्टे भनिन्छ ।
    भाले लामखुट्टे कहिल्यै पनि कुनै रोग फैलाउने कारण बन्दैन किनकि भाले लामखुट्टेले कहिल्यै पनि मानिसलाई टोक्दैन । भाले लामखुट्टे आहारको लागि फूलको रसमा निर्भर रहन्छ ।
    मानिसलाई टोक्ने र प्राणघातक रोग फैलाउने काम पोथी लामखुट्टेले गर्छन् ।

    जेनेटिकली मोडिफाइड लामखुट्टेलाई ती स्थानमा छोडिन्छ जहाँ पहिले नै लामखुट्टेको संख्या अधिक छ ।
    जेटेटिकली मोडिफाइड लामखुट्टेले त्यहाँ पहिलेदेखि भएका पोथी लामखुट्टेको साथमा प्रजनन गर्छ ।
    मोडिफाइड भाले लामखुट्टेमा खास किसिमको प्रोटिन हुनेछ जो प्रजननको क्रममा पोथीको शरीरमा पुग्नेछ ।
    यसको कारण नयाँ जन्मिने पोथी लामखुट्टे मानिसलाई टोक्ने उमेरसम्म पुग्नुभन्दा पहिल्यै मर्नेछन् । भाले लामखुट्टेको जीन अर्को पीढीमा पुग्नेछ र विस्तारै पोथी लामखुट्टेको संख्या घट्नेछ ।
    केही समयपछि मानिसमा डेंगु, जीका, चिकनगुनिया जस्ता रोगको दर पनि घट्नेछ ।

    गएको मे महिनामा अमेरिकी वातावरणीय एजेन्सीले बेलायतको कम्पनी अक्सिटेकलाई जेनेटिकली मोडिफाइड लामखुट्टे तयार गर्ने अनुमति दिएको थियो ।
    प्रयोगशालामा भाले एडिज इजिप्सी लामखुट्टे तयार गरिनेछन् जसको लाम ओएक्स ५०३४ राखिएको छ । यिनीहरुलाई २०२१ मा फ्लोरिडाको एक टापुमा छोडिनेछ दुइ वर्षको अवधिमा कूल ७५ करोड लामखुट्टे छोडिनेछ ।

     

    शनिवार, भाद्र ६ २०७७११:००:१३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार