बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नेपाल अपराजित रहँदै फाइनलमा

नेपाल अपराजित रहँदै फाइनलमा

मेगा खबर संवाददाता

१९, चैत्र २०७८
  • 1.7K
    SHARES

  • नेपाल अपराजित रहँदै फाइनलमा

    काठमाण्डाै – त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले मलेसियालाई ८५ रनले हराए ।

    शनिबार भएको खेलमा नेपालले मलेसियामाथि ८५ रनको फराकिलो जित निकालेको हो । पराजित भएसँगै मलेसिया प्रतियोगिताबाट बाहिरिएको छ । मलेसिया बाहिरिएसँगै पपुवा न्युगिनी फाइनलमा प्रवेश गरे ।

    दुबै टोलीको समान अंक रन रेटको आधारमा पीएनजी फाइनलमा पुगेको हो । त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २२४ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित १९ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाएर मात्र १३८ रन बनायो ।

    मलेसियाले पहिलो ओभरको अन्तिम बलमा आफ्नो पहिलो विकेट गुमायो । मलेसियाका जुबैदी जुल्कीफ्लेलाई कमलसिंह ऐरीले खाता नखोल्दै क्याच आउट गराए । मलेसियाले छैटौं ओभरको चौथो बलमा आफ्नो दोस्रो विकेट गुमायो । मलेसियाका विरन्दीप सिंहलाई कमलले ४७ रनमा क्याच आउट गराए । १०औं ओभरमो चौथो बलमा नेपालका लागि सन्दीप लामिछानेले तेस्रो सफलता दिलाए । उनले सायद अजिजलाई १७ रनमा क्याच आउट गराए ।

    मलेसियाले ११औं ओभरको पाँचौं बलमा आफ्नो चौथो विकेट गुमायो । मलेसियाका सार्विन मुनियाद १ रन बनाएर आउट भए । १३औं ओभरको दोस्रो बलमा मलेसियाले आफ्नो पाँचौं विकेट गुमायो । मलेसियाका कप्तान अहमेद फैजलाई ३३ रनमा सन्दीप लामिछानेले क्याच आउट गराए ।

    १५औं ओभरको चौथो र पाँचौं बलमा मलेसियाले लगातार दुई विकेट गुमायो । मलेसियाका मोहम्द आमिर १ रन र मोहम्द साहायदत्त ८ रन बनाएर क्याच आउट भए । दुबै विकेट दिपेन्द्रले लिए । मलेसियाले १६औं ओभरको अन्तिम बलमा आफ्नो आठौं विकेट गुमायो । सायजरुल इदरुसलाई खाता खोल्न नपाउँदै सन्दीपले कट एण्ड बोल्ड आउट गरे ।

    १९औं ओभरको पहिलो बलमा कुशल भुर्तेलले नेपालका लगि नवौं सफलता दिलाए । उनले अनिनोल हाफिजलाई क्यच आउट गराए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २२३ रन बनायो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले शतकीय पारी खेले । ५७ बल खेलेका उनले १० चौका र ६ छक्काको सहयोगमा नट आउट ११० रन बनाए । दिपेन्द्रको यो टी–ट्वान्टी अन्तर्राष्ट्रिय पहिलो शतक हो ।

    नेपालका लागि टी–ट्वान्टी अन्तर्राष्ट्रियमा उनलको चौथो शतक हो । नेपालका लागि रोहित कुमार पौड्यलले ५१ रनको अर्धशतकीय पारी खेलेका थिए । ३४ बल खेलेका उनले ५ चौका प्रहार गरे । रोहितलाई मोहमद आमिरले क्याच आउट गराए ।

    रोहितको टी–ट्वान्टी अन्तर्राष्ट्रियमा यो पहिलो अर्धशतक हो । नेपालका आदिल अन्सारीले १४ रनको योगदान गरे । आदिल रन आउट भए ।

    ननेपालले यसअघि आरिफ शेख चौथो विकेटको रुपमा पेवेलियन फर्किए । उनलाई सायजरुल इदुरुसले बोल्ड आउट गराएका थिए । तेस्रो ओभरको तेस्रो बलमा अफ्नो पहिलो विकेट गुमायो । नेपालका ओपनर कुशल भुर्तेललाई मलेसियाका मोहम्द वाफिकले १२ रनमा एलबीडब्लू आउट गराए ।

    नेपालले चौथो ओभरको दोस्रो बलमा आफ्नो दोस्रो विकेग गुमायो । नेपालका आसिफ शेखलाई पवनदीप सिंहले १८ रनमा क्याच आउट गराए ।

    जितसँगै नेपालले ४ खेलबाट ८ अंक जोडेर अपराजित हुँदै फाइनलपुगेको हो । मलेसिया भने प्रतियोगिताबाट बाहिरिएको छ ।

    फाइनल खेल आउँदाे साेमवार हुनेछ । 

    शनिवार, चैत्र १९ २०७८०४:११:३२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार