एजेन्सी। स्पेनिस ला लिगा क्लब सेभिया युरोपा लिग च्याम्पियन बनेको छ । शुक्रबार राति भएको फाइनल खेलमा इटालियन क्लब इन्टर मिलानलाई ३(२ ले पराजित गर्दै सेभिया युरोपा लिग च्याम्पियन बनेको हो ।
जर्मनीमा भएको फाइनल खेलको पहिलो हाफ २(२ को बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा आत्मघाती गोल उपहार पाउँदै सेभिया च्याम्पियन बनेको हो ।
खेलमा अग्रता भने मिलानले लिएको थियो । पाँचौ मिनेटमा रोमेरु लुकाकुले पेनाल्टीमा गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । तर १२ औं मिनेटमा सेभियाका लुक डि जोङले गोल गर्दै खेल बराबरीमा ल्याए । ३३ औं मिनेटमा डि जोङले नै व्यक्तिगत दोस्रो गोल गर्दै सेभियालाई २(१ गोलको अग्रता दिलाए ।
३५ औं मिनेटमा डिएगो गोडिनले गोल गर्दै खेल पहिलो हाफमा २(२ को बराबरीमा सकियो । तर दोस्रो हाफको अन्त्य तिर सेभियाले आत्मघाती गोल उपहार पायो । खेलको ७४ औं मिनेटमा मिलानका लुकाकुले आत्मघाती गोल उपहार दिएपछी सेभियाले युरोपा लिगको उपाधी ३(२ गोलले जितेको हो ।
यससँगै सेभियाले छैटौं पटक युरिपा लिगको उपाधि जितेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।