त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले आज बुधबार मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।
त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र मलेसियाबीच खेल १२ः३० मा सुरु हुनेछ । पहिलो खेलमा सहज जित निकालेको नेपाल आजको खेलमा जित निकाल्दै प्रतियोगितामा आफूलाई बलियो बनाउने योजनामा छ , पहिलो खेलमा पीएनजीमाथि सहज जित निकालेको मलेसिया नेपाललाई हराउँदै फाइनलका लागि आफूलाई दाबेदारी प्रस्तुत गर्ने योजनामा छ ।
सिरिजको पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई हराएको नेपाल आफ्नो दोस्रो खेलमा मलेसियासँग खेल्न लागेको हो ।
नेपाल र मलेसियाबीचको इतिहास हेर्दा नेपाल बलियो छ । पछिल्ला चार खेलको नतिजा हेर्दा नेपाल मलेसियामाथि हाबी छ । नेपालले पछिल्ला चार खेलमा सहज जित निकालेको छ ।
नेपाल आजको खेलमा सहज जितको अपेक्षामा हुनेछ । घरेलु मैदानमा भइरहेको सिरिज नेपाल आफ्नो पक्षमा गर्ने योजनामा छ । मलेसिया पनि घरेलु टोलीलाई हराउँदै प्रतियोगितामा बलियो दाबेदारी प्रस्तुत गर्ने योजनामा छ । पीएनजीमाथि सहज जित निकालेको मलेसिया उच्च मनोबलमा छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।