बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नेपाल र पिएनजी भिड्दै

नेपाल र पिएनजी भिड्दै

मेगा खबर संवाददाता

१४, चैत्र २०७८
  • 2.4K
    SHARES

  • नेपाल र पिएनजी भिड्दै

    नेपाल, मलेसिया र पपुवा न्युगिनी (पिएनजी) बीचको त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिज आजदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरू हुँदैछ ।

    सिरिजका लागि मलेसियाको टिम आइतबार नेपाल आइपुगेको थियो । पिएनजी भने अघिल्लो सातादेखि नेपालमै छ । पिएनजी र नेपालबीच दुई खेलको एकदिवसीय सिरिजमा प्रतिस्पर्धा भएको थियो । दुवै खेल जित्दै पिएनजीले सिरिज कब्जा गरेको थियो । टी-२० सिरिजको पहिलो खेलमा नेपाल र पिएनजीबीच आज प्रतिस्पर्धा हुँदैछ ।

    खेल त्रिवि मैदानमा मध्यान्ह १२:३० देखि सुरू हुनेछ । टी-२० मा नेपाल र पिएनजीबीच पछिल्लो पटक सन् २०१५ मा प्रतिस्पर्धा भएको थियो । सो खेलमा पिएनजी ८ विकेटले विजयी भएको थियो ।

    पीएनजीसँगको एकदिवसीय सिरिज गुमाएको नेपाल टी–ट्वान्टी सिरिजमा भने आफूलाई बलियो सावित गर्ने योजनामा छ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजमा नेपाललाई घरेलु मैदानमा सिरिज जित्ने मौका छ ।

    एकदिवसीय क्रिकेटमा पीएनजीसँग दुई खेलमा पराजित भएको नेपाललाई भने आजको खेलमा डर छ । नेपाल पीएनजीसँग पहिलो खेलमा ६ रन र दोस्रो खेलमा ३ विकेटले पराजित भएको थियो । 

    सोमवार, चैत्र १४ २०७८०२:०८:४०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार