बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म हो ‘हेल्लो जिन्दगी’

शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म हो ‘हेल्लो जिन्दगी’

मेगा खबर संवाददाता

१३, चैत्र २०७८
  • 2.2K
    SHARES

  • शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म हो ‘हेल्लो जिन्दगी’

    प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्मको नयाँ गीत ‘झुम्के बुलाकी’ सार्वजनिक गरेको छ ।

    शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म हो ‘हेल्लो जिन्दगी’ । बलिउड कोरियोग्राफर विष्णु देवाको कोरियोग्राफी रहेको गीतमा राजनराज शिवाकोटी र मिलन नेवारको स्वर छ भने गायक शिवाकोटीको शब्द तथा संगीत छ । 

    बेलायतमा छायाङ्कन भएको गीतको भिडियोमा फिल्मका नायक विक्रम डि जोशी र मोडल विभिया श्रेष्ठका साथै विदेशी कोरस प्रयोग गरिएको छ । बेलायत र नेपालमा छायाङ्कन भएको ‘हेल्लो जिन्दगी’ एभरेष्ट सूर्य बोहराले निर्माण तथा निर्देशन गरेका हुन् ।

    निर्देशक बोहोराकै लेखन रहेको फिल्ममा विक्रमका अलावा दीपिका प्रसाईं, प्रियंका कार्की, विल्सन बिक्रम राई, विक्रान्त बस्नेत, एभरेष्ट सूर्य बोहरा, सविता गुरुङ, सनमकुमार बैराग, बिभिया श्रेष्ठ, जानकी पन्त, ध्रुव दत्त, कुमुद पन्त लगायतका कलाकारको अभिनय छ ।

    आइतवार, चैत्र १३ २०७८०८:०४:३८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार