बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

युरोपियन च्याम्पियन इटालीले सन् २०२२ को विश्वकप खेल्न नपाउने

युरोपियन च्याम्पियन इटालीले सन् २०२२ को विश्वकप खेल्न नपाउने

मेगा खबर संवाददाता

११, चैत्र २०७८
  • 1.9K
    SHARES

  • युरोपियन च्याम्पियन इटालीले सन् २०२२ को विश्वकप खेल्न नपाउने

    युरोपियन च्याम्पियन इटालीले सन् २०२२ को विश्वकप खेल्न नपाउने भएको छ ।

    नर्थ म्यासेडोनियासँग प्लेअफमा पराजित हुँदै इटाली विश्वकप छनोटबाट बाहिरिए । खेलको ९२ औँ मिनेटमा अलेक्सान्डर ट्राज्कोभस्कीले निर्णायक गोल गर्दै म्यासेडोनियालाई ऐतिहासिक जीत दिलाए ।

    गोलसँगै म्यासेडोनियाको बेञ्चमा खुसियाली छाएको थियो भने इटालीका खेलाडी र कोचिङ स्टाफ घरेलु फ्यान अगाडि घुँडा टेकेका थिए । खेलमा इटालीले नियन्त्रण राख्दै गोलका लागि ३२ वटा प्रयास गरे पनि विपक्षीको पोष्टमा मात्र पाँचवटा गर्न सक्यो । इटाली लगातार दोस्रोपटक विश्वकप खेल्नबाट बञ्चित बनेको छ ।

    आठ महिनाअघि मात्र रोबार्टो मान्चिनीको टोलीले इंग्ल्याण्डलाई वेम्बलीमा हराउँदै सन् २०२० को युरोकपको उपाधि जितेको थियो । 

    शुक्रवार, चैत्र ११ २०७८०६:५४:४८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार