बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

अभिनेत्री करिश्मा आज एमाले प्रवेश गर्दै

अभिनेत्री करिश्मा आज एमाले प्रवेश गर्दै

मेगा खबर संवाददाता

८, चैत्र २०७८
  • 2.0K
    SHARES

  • अभिनेत्री करिश्मा आज एमाले प्रवेश गर्दै

    अभिनेत्री करिश्मा मानन्धर आज नेकपा एमाले प्रवेश गर्ने भएकी छन् ।

    एमाले नेता विष्णु रिजालका अनुसार मानन्धरसँगै पूर्वमन्त्री प्रेमबहादुर सिंहको नेतृत्वको समाजवादी जनता पार्टी पनि एमालेमा समाहित हुने कार्यक्रम रहेको छ । यसअघि नै एमाले जाने बताएकी मानन्धर मंगलबार औपचारिक रूपमा पार्टी प्रवेश गर्न लागेकी छन् । 

    दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष ओलीको उपस्थितिमा पार्टी प्रवेश गर्ने कार्यक्रम रहेकाले रिजालले जानकारी दिए ।उनले यसअघि डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा सक्रिय भएर काम गरिन् ।

    नयाँ शक्ति पार्टी संघीय समाजवादीमा एकीकरण भएपछि पनि करिश्माले केही समय काम गरिन् । विस्तारै उनी राजनीतिबाट निष्क्रिय बनिन् ।

    मंगलवार, चैत्र ८ २०७८११:००:५९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार