नेपाली टोली अपरान्ह १२ बजे पछि थाइल्याण्ड प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
थाइल्याण्डमा मैत्रीपूर्ण खेल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टिमको एन्फाले आइतबार नै बिदाइ गरिसकेको छ । एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलअघि नेपालले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् । नेपाली राष्ट्रिय फुटबल टोली आज थाइल्याण्ड प्रस्थान गर्ने भएको छ ।
नेपालले थाइल्याण्डमा दुई मैत्रीपूर्ण खेल खेल्नेछ । नेपालले थाइल्याण्डसँग मार्च २४ मा खेल्नेछ । थाइल्याण्डको क्लब चोनबरी एफसीसँग नेपालले मार्च २७ मा हुनेछ । एएफसी एसियन कप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ। नेपाल रहेको समूहमा कुवेत,इन्डोनेसिया र जोर्डन रहेका छन् ।
नेपालको समूहको छनोट खेलहरू कुवेतमा आयोजना हुनेछ । छनोट खेलहरू जुन ८ देखि १४ सम्म हुनेछ । एएफसीले छनोटमा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरेको हो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।