इन्जुरी समयको नवौं मिनेटमा एलेक्स इवोबीको निर्णायक गोलसँगै इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत राति भएको खेलमा एभर्टनले न्युक्यासल युनाइटेडलाई १-० अन्तरले पराजित गरे ।
घरेलु मैदान गुडिसन पार्कमा निर्धारित ९० मिनेटको समयमा कुनै गोल नभएपछि १० खेलाडीमा सीमित एभर्टन इन्जुरी समयमा महत्त्वपूर्ण तीन अंक हासिल गर्न सफल भयो । इन्जुरी समय १५ मिनेट खेलिएको थियो ।
खेलको ८३ औं मिनेटमा एलानले रातो कार्डको सामना गरेपछि एभर्टन १० खेलाडीमा सीमित भएको थियो । न्युक्यासल त्यसको फाइदा उठाउन सफल भएन । जितसँगै एभर्टनले रेलिगेशन क्षेत्र बाहिर रहेको छ ।
उसको २७ खेलबाट २५ अंक रहदा १७ औं स्थानमा छ । न्युक्यासल २९ खेलबाट ३१ खेलसहित १४ औं स्थानमा छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।