बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

स्पेनिस ला लिगा अन्तर्गत भएको खेलमा एथ्लेटिको मड्रिड विजयी

स्पेनिस ला लिगा अन्तर्गत भएको खेलमा एथ्लेटिको मड्रिड विजयी

मेगा खबर संवाददाता

२८, फाल्गुण २०७८
  • 1.4K
    SHARES

  • स्पेनिस ला लिगा अन्तर्गत भएको खेलमा एथ्लेटिको मड्रिड विजयी

    स्पेनिस ला लिगा अन्तर्गत शुक्रबार राति भएको खेलमा एथ्लेटिको मड्रिड विजयी भएको छ ।

    घरेलु मैदान एथ्लेटिकोले काडिजलाई २-१ अन्तरले पराजित गर्यो । उसको जितमा जोआओ फेलिक्स र रोड्रीगो डे पौलले एक-एक गोल गरेको छ । 

    काडिजका लागि अल्भारो नेग्रेडोले सान्त्वना गोल गरे । खेलको ८८ मिनेटमा एथ्लेटिकोका जाभियर सेरोनाले रातो कार्डको सामना गरे ।

    २८ खेलबाट ५१ अंक बनाएको एथ्लेटिको शीर्ष तीनमा उक्लिएको छ  । काडिज २८ खेलबाट २४ अंक सहित १८औं स्थानमा रहेको छ ।

    शनिवार, फाल्गुण २८ २०७८०६:५८:०३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार