जबरजस्ती करणी अभियोगमा हाल तनहुँ प्रहरी हिरासतमा रहेका अभिनेता पल शाह फिल्म ‘२ नम्बरी’ बाट हट्ने भए ।
पलभित्र भएपछि उनको ठाउँमा हामीले अर्काे कलाकार लिएर काम गर्नैपर्छ’ निर्देशक लामाले भने ‘अहिलेसम्म पललाई हटाइएको छैन । अर्काे कलाकार फाइनल भएपछि उनी हट्नेछन् ।’ निर्देशक लामाले उनको ठाउँमा अर्काे कलाकार फाइनल नभएसम्म हटाइयो भनेर भन्न नमिल्ने बताए ।
‘हामी फिल्म कहिलेबाट छायाङ्कन जाने भनेर छलफल गरिरहेका छौ । फिल्मको छायाङ्कन छिट्टै सुरु भयो भने पल शाह हट्नेछन्’ लामाले थपे ।
निर्माण युनिटले उनलाई हटाएर फिल्म पुरा गर्ने तयारी थालेको हो । निर्देशक दीपेन्द्र लामाले फिल्ममा पल शाहको ठाउँमा अर्काे कलाकार लिएर काम गर्ने तयारी भएको बताए ।
पहिलो चरणको कोरोना महामारीको कारण रोकिएको फिल्मको छायाङ्कन बल्ल अहिले सुरु हुन लागेको हो । फिल्मको १ चैत्रबाट छायाङ्कन सुरु हुने निर्माता किरण नेपालीले बताए । काठमाडौंबाट सुरु भएको फिल्मको छायाङ्कन पोखरामा पुगेर रोकिएको थियो ।
फिल्मका एक कलाकार जयनन्द लामाको निधन भएको छ । उनको ठाउँमा पनि अर्काे कलाकार रहनेछन् । दयाहाङ राई, उगेन छोदेन (भुटानी अभिनेत्री), वर्षा राउत लगायतको मुख्य भूमिका रहने फिल्ममा निर्देशक लामाकै कथा रहेको छ । फिल्ममा निर्माताको रुपमा प्रदेश सांसद दीपक मनाङ्गे समेत भित्रिएका छन् । रोहित कट्टेल र सरोज नेपाली निर्माता रहेको फिल्मका प्रस्तुतकर्तामा किरण नेपाली हुन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।