बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

बागमती प्रदेशमा प्रदेशस्तरीय खेलकुद हुने

बागमती प्रदेशमा प्रदेशस्तरीय खेलकुद हुने

मेगा खबर संवाददाता

२२, फाल्गुण २०७८
  • 1.6K
    SHARES

  • खेलकुदको प्रवद्र्धन तथा खेलाडीमा खेल प्रतिभाको खोजी गर्ने उद्देश्यले वाग्मती प्रदेश खेलकुद विकास परिषद्ले प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता यही फागुन २८ देखि चैत १२ गतेसम्म सञ्चालन हुने भएको छ ।

    हेटौँडा उपमहानगरपालिकाको वडा नं ५ स्थित क्याम्पाचौरमा खेलकुद प्रतियोगिताको मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्घाटन गर्ने कार्यक्रम छ । परिषद्ले आज दिइएको जानकारी अनुसार प्रतियोगिताका खेल मकवानपुरसहित पाँच जिल्लामा हुने बताइएको छ । मकवानपुरमा पुरुष फुटबल, ब्याडमिन्टन र तेक्वान्दो प्रतियोगिता हुने बताइएको छ ।

    फुटबल र ब्याडमिन्टन प्रतियोगिता फागुन २९ गते र तेक्वान्दो प्रतियोगिता चैत ६ गते हुनेछ । चितवनमा फागुन ३० गतेदेखि भलिबल र क्रिकेट प्रतियोगिता हुनेछ । सिन्धुपाल्चोकमा चैत ७ गतेदेखि कराते प्रतियोगिता हुनेछ । 

    काठमाडौँमा चैत ६ गतेदेखि  एथलेटिक्स खेल प्रतियोगिता हुने परिषद्ले जनाएको छ । काभ्रेपलाञ्चोकमा चैत ७ गतेदेखि महिला फुटबल र चैत ९ गतेदेखि बक्सिङ प्रतियोगिता सुरु हुने परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले बताए । 
    अहिले प्रदेशका सबै जिल्लामा जिल्लास्तरीय छनोट प्रतियोगिता भइरहेका उनको भनाइ छ ।

    प्रतियोगितामा एक हजार २०० भन्दाबढी पुरुष र ९०० भन्दाबढी महिला खेलाडीको सहभागिता रहने अनुमान परिषद्को रहेको छ । प्रतियोगिता आयोजनाका लागि आठ करोड ४० लाख खर्च हुने अनुमान रहेको सदस्य सचिव भण्डारीले जानकारी दिए । प्र
    तियोगिता आयोजनाका लागि पाँच उपसमिति र आठ प्राविधिक समिति गठन गरिएको छ ।

    प्रतियोगिता उद्घाटन समारोहलाई भव्य बनाउन नेपाली सेनाको ब्यान्ड सहित विद्यार्थीको ड्रिल प्रदर्शनी मार्शल आर्टको डेमो र विभिन्न झाँकी तथा सांस्कृतिक कार्यक्रमका आयोजना हुने बताइएको छ । खेलकुदको तयारी तीव्ररूपमा भइरहेको छ ।

    आइतवार, फाल्गुण २२ २०७८०२:५९:००

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार