बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

पाँचपोखरी टि २० जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको आज फाइनल

पाँचपोखरी टि २० जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको आज फाइनल

मेगा खबर संवाददाता

२१, फाल्गुण २०७८
  • 1.0K
    SHARES

  • पाँचपोखरी टि २० जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको आज  फाइनल

    मूलपानी मैदानमा जारी पाँचपोखरी टि २० जिल्लास्तरीय प्रतियोगिताको अन्तिम चरणको खेलमा आज  पाँचपोखरी क्रिकेट क्लब र पाँचपोखरी भोताङ क्रिकेट टोली भिड्ने भएका छन् ।

    उक्त क्लवले पहिलो सेमिफाइनल खेलमा चौतारा साँगाचोकगढी नगरपालिकालाई तीन विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो भोताङ क्रिकेट टोलीले सानु सिरुवारीलाई ७० रनले हराउँदै फाइनलमा उक्लिएको थियो । प्रतियोगितामा सात टोली सहभागी थिए । अन्तिम चरणको खेल आज हुने भएको छ । 

    पाँचपोखरी थाङ्पाल गाउँपालिका र सिन्धुपाल्चोक जिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने उद्देश्यले खेलकुद आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए । गाउँपालिकाले २०७४ सालदेखि निरन्तररुपमा ‘जीतबहादुर खड्का स्मृति पाँचपोखरी सुपर जिल्लास्तरीय क्रिकेट प्रतियोगिताका तीन वटा संस्करण सम्पन्न गरिसकेको छ । विश्वमै देखिएको कोरोना महामारीका कारण चौथो संस्करण स्थगित भएकामा सो प्रतियोगितालाई प्रोत्साहन गर्न उक्त गाउँपालिकाका आठवटै वडामा क्रिकेट खेलकुद सामग्री वितरण गरिएको थियो ।  

    प्रतियोगितालाई निरन्तरता तथा  समयसापेक्ष परिमार्जित गर्दै यस वर्ष उक्त प्रतियोगिताको नाम र खेलको संरचना परिवर्तन गरी पाँचपोखरी जिल्लास्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरिएकोे उनले बताए ।

    विगतका वर्षमा गाउँपालिकामा नै सञ्चालन भइरहेको उक्त प्रतियोगितालाई यस वर्ष काठमाडौँको मूलपानी क्रिकेट रङ्गशालामा खेल आयोजना गरिएकोे खेलकूद विकास समितिले जानकारी दिएको छ । उक्त प्रतियोगितमा विजेताले रु ७५ हजार र उपविजेताले रु ४० हजार प्राप्त गर्नेछन् ।

    शनिवार, फाल्गुण २१ २०७८१०:२१:३५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार