दीपेन्द्र लामाको निर्देशन रहेको फिल्म ‘२ नम्बरी’ को छायांकन फेरि सुरु हुने भएको छ ।
काठमाडौंबाट सुरु भएको फिल्मको छायांकन पोखरामा पुगेर रोकिएको थियो । अहिले फिल्मको छायांकन लोकेसन र केही कलाकार भने फेरिने भएका छन् । फिल्मका एक कलाकार जयनन्द लामाको निधन भएको र कलाकार पल शाह बलात्कारको आरोपमा प्रहरी हिरासतमा रहेकोले निर्माण युनिटले केही कलाकार परिवर्तन गर्न लागेको हो ।
जयनन्द लामाको ठाउँमा अर्काे कलाकार राखिने भएपनि पलको विषयमा केही निर्णय नभएको बताए । ‘पल शाहमाथि आरोप लागेको हो । हिलो चरणको कोरोनाको कारण रोकिएको फिल्म अहिले आएर फेरि सुरु हुन लागेको हो । फिल्मको छायांकन १ चैत्रबाट सुरु हुने निर्माता करिण नेपालीले जानकारि दिए ।
प्रमाणित भएको छैन’ किरणले भने ‘केही दिनपछि उनको बिषयमा हुने कानुनी फैसला अनुसार हामी उनी रहने नरहने निर्णय गर्नेछौँ ।’ फिल्ममा पल परिवर्तन हुन सक्ने किरणले सुनाए ।
फिल्ममा दयाहाङ राई, उगेन छोदेन (भुटानी अभिनेत्री), वर्षा राउत लगायतको मुख्य भूमिका रहनेछ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।