सुत्केरी हुन नसकेर उद्धार गरिएकी मुगुको खत्याड गाउँपालिका– ४ स्थित जुन्का गाउँकी २० वर्षीय धनलक्ष्मी रावलले हेलिकोप्टरमै बच्चा जन्माएकी छन् ।
मुगुदेखि सुर्खेतसम्मको ४० मिनेटको आकाशको यात्रामा हेलिकप्टरमा चढेको ३० मिनेटपछि उनले छोरा जन्माएको चालक प्रमुख सेनानी रचन श्रेष्ठलाई उद्रित गर्दै सुर्खेतस्थित नेपाली सेनाको पश्चिम कमाण्डका सेनानी बेलिना मल्लले जानकारी दिइन् ।
उनका अनुसार बच्चा उल्टो भएर सुत्केरी हुन नसकेपछि रावललाई सुर्खेतदेखि हेलिकप्टरबाट उद्धार गरिएको थियो । “सुत्केरी रावललाई १८ घण्टा लामो समयसम्म व्यथा लागेर छट्पटिएको अवस्थामा हेलिकप्टरबाट उद्धार गरिएको हो,”
उनले भनिन् , “थप उपचारका कर्णाली प्रदेश अस्पतालमा भर्ना गरिएका आमा छोरा दुवैको स्वास्थ्य अहिले सामान्य रहेको छ ।”
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।