पाँच दिनदेखि नियमित रुपमा काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन हुन थाले पनि अझै धेरै स्थानको फोहर उस्तै छ ।
बाह्र दिनसम्म उठ्न नसकेको फोहोर यही फागुन १२ गतेदेखि विसर्जन हुन थाले पनि अझै सडक किनारमा थुपारिएको फोहर काठमाडौँ महानगरपालिकाले व्यवस्थापन गर्न सकेको छैन । यसको प्रत्यक्ष असर यातायात आवागमनमा र पैदल यात्रीलाई परेको छ ।
स्थानीयवासीको अवरोधका कारण फागुन १ गतेदेखि काठमाडौँ उपत्यकाको फोहोर उठाउन सकिएको थिएन ।


नौ दिनसम्म फोहर उठ्न नसक्दा सहरका चोक दुर्गन्धित छ ।
हाल फोहोर विसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो मर्मत समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाले गरेको अवरोधका कारण फोहोर उठाउन नसकिएको हो ।

काठमाडौँ उपत्यका नौ दिनपछि फोहोर विसर्जन भए पनि कपनमा भने भएको थिएन । आज १६दिन पछि बल्ल कपनको मुख्य चोकमा फोहोर ऊठेको छ ।

महानगरपालिकाले भने सडक विभागलाई सडकको काम तत्काल पूरा गरी स्थानीयवासीको अवरोध हटाइदिन माग थियो ।
२०७० सालदेखि सुरु गरिएको बाटो अहिलेसम्म बन्न नसक्दा त्यहाँ पटकपटक स्थानीयवासीले आन्दोलन गरेकाले फोहोर विसर्जनमा अवरोध हुँदै आएको छ ।


यस्तो विषयमा केन्द्र सरकार संवेदनशील हुनुपर्छ’ । त्यसका लागि बाटो छिटो निर्माण गर्न सम्बन्धित निकायले पहल गर्नुपर्छ ।
