बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

डर्टमुन्ड युरोपा लिग जर्मन क्लब बोरुसिया बाहिरिए

डर्टमुन्ड युरोपा लिग जर्मन क्लब बोरुसिया बाहिरिए

मेगा खबर संवाददाता

१३, फाल्गुण २०७८
  • 2.3K
    SHARES

  • डर्टमुन्ड युरोपा लिग जर्मन क्लब बोरुसिया बाहिरिए

    डर्टमुन्ड युरोपा लिग जर्मन क्लब बोरुसिया  बाहिरिएको छ ।

    ​ इएफए च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको डर्टमुन्ड स्कटिस क्लब रेन्जर्ससँग पराजित भएपछि युरोपा लिगबाट पनि बाहिरिए । डर्टमुन्ड अन्तिम ३२ को प्ले अफ खेलमा स्कटिस क्लब रेन्जर्ससँग समग्रमा ६–४ ले पराजित भएको थियो । पहिलो लेगमा ४–२ को हार बेहोरेको डर्टमुन्डले दोस्रो लेगमा २–२ गोलको बराबरी खेलेपनि पहिलो लेगको हारले अघिल्लो चरणमा पुग्न सकेन । 

    आइब्रक्स स्टेडियम ग्लास्गोमा बिहीबार राति भएको खेलमा घरेलु टोली रेन्जर्सका लागि दुवै गोल जेम्स टाभेरनिएरले गोल गर्दा डर्टमुन्डका जुडे बेलिङघम र डोनेल मालेनले गोल गरे ।

    खेलको २२ औं मिनेटमा जेम्स टाभेरनिएरले पेनाल्टीमा गोल गर्दै घरेलु टोली रेन्जर्सलाई १–० को अग्रता दिलाए । ३१औं मिनेटमा जुडे बेलिङघमले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ४२औं मिनेटमा डोनेल मालेनले गोल गरेपछि डर्टमुन्डले पहिलो हाफमा २–१ को अग्रता लिदै युरोपा लिगको सम्भावना राखेको थियो ।

     ५७औं मिनेटमा जेम्स टाभेरनिएरले गोल गरेपछि खेल २–२ गोलको बराबरीमा पुग्यो । त्यसपछि तप गोल निस्कन नसक्दा खेल बराबरीमा सकिदा डर्टमुन्ड अघिल्लो चरणमा प्रवेश गर्न सकेन ।

    शुक्रवार, फाल्गुण १३ २०७८०८:२०:५४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार