चर्चित गायक शिव परियारले अभिनेता पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा परेको जाहेरीले समग्र कलाकारकै नाक काटिएको टिप्पणी गरे ।
‘घटना नाङ्गो भएर सतहमा आउँदा अहिले एउटा पक्ष खुशीले गदगद होला,एउटा पक्ष दुखाईले भत्तभति होला । तर समग्रमा भन्दा यो सारा कुरालेचैं समाजको नजरमा हाम्रो संगीत उद्योग र चलचित्र उद्योग र तपाई हामी समग्र कलाकारकै नाक काटिएको छ है’, परियारले घटनापछि सामाजिक सञ्जालमाफर्त भनेका छन् ।
समाजमा स्थापित कलाकारको यो घटना पढिरहनु पर्दा दुख लागेको उनको टिप्पणी छ । ‘कलाहरुको पनि कला ललितकला, त्यो भित्रको पनि उत्कृष्ट कला संगीतकलाको क्षेत्रमा काम गरेर समाजमा उभिएका र कला क्षेत्र राम्रो हो भनेर समाजमा स्थापित गरेका कलाकारको यो घटना पढिरहनु पर्दा दुख लागेको छ ’परियारको भनाइ छ ।
कलाकारिता भन्ने गहन अर्थ बोकेको विधालाई सधैं यो समाजले नाँच्ने गाउने पेशा राम्रो हैन भनेर बुझेको स्मरण गर्दै उनले यो बुझाईलाई यो घटनाले थप पुष्टि गरेको भन्दै परियारले दुःख व्यक्त गरे । ‘खै के भनौं यस्तो सबै नभई दिएको भए हुने थियो’दुःख पोख्दै उनले भने ।
१७ वर्षीया नाबालिग गायिकाले शाहविरुद्ध हिजो बलात्कारको जाहेरी दिएपछि समग्र मनोरञ्जन क्षेत्र तरंगित बनेको बेला परियारबाट यो भनाइ छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।