इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुलले लिड्स युनाइटेडलाई ६–० गोलको फराकिलो अन्तरले हराएको छ ।
जितसँगै लिभरपुलले शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीसँगको दूरी तीन अङ्कमा छोट्याएको छ । घरेलु मैदान एनफिल्डमा लिभरपुलका मोहम्मद सलाह र साडियो मानेले समान दुईदुई र जोएल मटिप र भर्जिल भान डाइकले समान एकएक गोल गरे । दोस्रो स्थानमा रहेको लिभरपुलको २६ खेलबाट ६० अङ्क पुगेको छ ।
समान खेलमा सिटीको ६३ अङ्क छ । पराजित लिड्स २५ खेलबाट २३ अङ्क जोडेर १५औँ स्थानमा छ ।
राति भएका अरु खेलमा बर्नलीले टोटनह्यामलाई १–० ले हरायो । घरेलु टोली बर्नलीका विन मिले खेलको ७१औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।
क्रिस्टल प्यालेसका वेलफ्रेड जाहाले दुई तथा जिन फिलिपे मेटेटा र कोनोर गालाघेरले समान एकएक गोल गरे । वाट्फोर्डका मौसा सिसोकोले चाैथाे गोल फर्काए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।