बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

पुलिस र एपिएफको खेल बराबरी

पुलिस र एपिएफको खेल बराबरी

मेगा खबर संवाददाता

१०, फाल्गुण २०७८
  • 1.1K
    SHARES

  • शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत दुई विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) बीचको खेल बराबरीमा टुङ्गिएको छ । 

    त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो खेलमा पुलिस र एपिएफबीचको खेल १–१ गोलको बराबरी टुङ्गिएको हो । खेलमा पहिलो अग्रता भने पुलिसले लियो । खेलको सुरुआती पहिलो मिनेटमा सुमन लामाले एक गोल गर्दै पुलिसलाई पहिलो अग्रता दिलाए । 

    त्यसपछि खेलको पहिलो हाफको ४१ औँ मिनेटमा एपिएफका प्रदीप लामाले एक गोल फर्काउँदै खेललाई एक– एक गोलको बराबरीमा ल्याए । खेलको दोस्रो हाफमा भने गोल हुन सकेन । यस बराबरी खेलसँगै पुलिसले १२ खेलबाट १२ अङ्क जोडेको छ । समान खेल खेलेको एपिएफको भने १५ अङ्क भएको छ । 

    लिगमा बाह्रौँ चरणको खेलहरु चलिरहँदा विजेता र रेलिगेशनमा पर्ने टोलीहरूको भने टुङ्गो लागिसकेको छ । लिगको उपाधि मच्छिन्द्र क्लबले जितिसकेको छ भने च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब रेलिगेशनमा परिसकेका छन् । 

    मंगलवार, फाल्गुण १० २०७८०४:३४:२७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार