यूईएफए युरोपा लिगको प्लेअफ खेलको पहिलो लेगमा बिहीबार राति बार्सिलोना र नापोलीले १(१ गोलको बराबरी खेल्दै अंक बाढेका छन् ।
स्पेनिस क्लब बार्सिलोना घरेलु मैदान नोउ क्याम्पमा बराबरीमा रोकिए । खेलको २९औं मिनेटमा जिएलिन्स्कीको गोलमा भ्रमणकारी इटालीयन टोली नापोलीले अग्रता बनायो ।
५९औं मिनेट बार्सिलोनाको फेरान टोरेसले गोल गर्दै खेल १(१को बराबरीमा पुराए ।
उनले पेनाल्टीमा गोल गरेका थिए । अब दोस्रो लेग नापोलीको मैदानमा हुनेछ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।