अमेरिकी सहायता परियोजना एमसीसीको विपक्षमा नयाँ बानेश्वरमा रहेको संसद् भवन अगाडि प्रदर्शन भइरहँदा यसको समर्थनमा प्रदर्शन गरिएको छ ।




स्वतन्त्र नागरिक समाजको आयोजनामा आज अनामनगरबाट सुरु भएको मोटरसाइकल र्यालीले माइतीघर मण्डला लगायत विभिन्न ठाउँको परिक्रमा गरेको थियो ।


र्यालीले एमसीसी नेपालको विद्युत् विकासको मेरुदण्ड रहेको र विकासमा राजनीति नगर्न माग गर्दै र्यालीका सहभागीले ‘वेलकम एमसीसी’ लेखिएको ब्यानरसहित प्रदर्शन गरेका थिए ।

सरकारले आज संसदमा एमसीसी अनुमोदनका लागि पेस गर्ने भन्ने सूचनाका आधारमा विभिन्न राजनीतिक दल समर्थित नेता तथा कार्यकर्ता प्रदर्शनमा उत्रिएका हुन् ।
