अवे खेलमा पोर्चुगलको स्पोर्टिङ सीपीविरूद्धको ५-० अन्तरको जितसँगै इंग्लिस क्लब म्यानचेस्टर सिटी यूइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनल नजिक रहेको छ ।
बुधबार बिहान भएको पहिलो लेगको नतिजासँगै सिटी प्रि क्वाटर फाइनलमा सहज जिततर्फ उन्मुख भएको छ । सिटीको जितमा बर्नाण्डो सिल्भाले दुई तथा रियाद मेहराज, फिल फोडेन र रहिम स्टर्लिङले एक- एक गोल गरे ।
सुरुआती मिनेटबाटै अट्याकिङ गेम खेलेको सिटीले सातौं मिनेटमै अग्रता बनाएको थियो । उसले पहिलो हाफमा ५ गोल गर्दा दोस्रो हाफमा एक गोल गरेकाे हाे ।
अब दोस्रो लेग २२ मार्चमा सिटीको घरेलु मैदान इतिहाद रंगशालामा हुनेछ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।