लुक डि योङले इन्जुरी समयमा गोल गर्दै बार्सिलोनालाई हारबाट जोगाए ।
राति भएको खेलमा बार्सिलोनाले एस्पानियोलसँग २-२ गोलको बराबरी खेले । खेलको शुरुवातमा नै पेड्रीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्त्यतिर सर्जी डार्डरले बराबरी गोल फर्काए ।
खेलको अन्त्यमा एस्पानियोलका मानु मोरलानेसले पनि रातो कार्ड खान पुगेका थिए । बाराबरीपछि बार्सिलोना लिगको चौथो स्थानमा उक्लिएको छ ।
खेलको ६४ औँ मिनेटमा राउल डि टोमासले गोल गर्दै एस्पानियोललाई अग्रता दिलाए । इन्जुरी समयमा जेरार्ड पिके र निको मेलामेडले दोस्रो पहैँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि दुई टोली १०-१० खेलाडीमा सीमित बनेको थियो । त्यसपछि योङले अडामा ट्राओरीको क्रसमा गोल गर्दै टोलीलाई हारबाट जोगाए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।