बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नेपाल संयुक्त अरब एमिरेट्स (यूएई) सँग २५ रनले पराजित

नेपाल संयुक्त अरब एमिरेट्स (यूएई) सँग २५ रनले पराजित

  • 1.7K
    SHARES

  • नेपाल संयुक्त अरब एमिरेट्स (यूएई) सँग २५ रनले पराजित

    चार देशीय शृङ्खलाको दोस्रो खेलमा नेपाल संयुक्त अरब एमिरेट्स (यूएई) सँग २५ रनले पराजित भए ।

    यूएईले प्रस्तुत गरेको १ सय ९३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा मात्र १६७ रन बनाउन सक्यो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४१ रन तथा आसिफ शेखले २४ रनको योगदान दिए। नेपालले सुरुवात भने राम्रो गरेको थियो । ओपरद्वय ज्ञानेन्द्र मल्ल र आसिफ शेखले अर्धशतकीय साझेदारी गरे । मल्ल छैटौँ ओभरमा २२ रन बनाएर आउट भए । नेपालले त्यसपछि लक्ष्य भेट्टाउन प्रयास गरेपछि उच्च रन रेटलाई कायम गर्न सकेन ।

    आइसीसी टी(२० विश्वकपको ग्लोबल छनोटको तयारीका लागि नेपाल, ओमान, यूएई र आयरल्यान्ड चारदेशीय शृङ्खलामा सहभागी छन् । 

    खेलको अन्त्यतिर लोकेश बमले ३३ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । युएईका लागि रोहन मुस्तफा र कासिफ दौडले २–२ विकेट लिए । नेपालले यसअघि खेलमा टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गर्दै यूएईले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ९२ रन बनायो । यूएईका लागि चिराज सुरीले विस्फोटक ब्याटिङ गर्दै सर्वाधिक ८४ रन बनाए ।

    उनले ५ चौका र ५ छक्का हिर्काए । त्यस्तै, रोहन मुस्तफाले ४९ तथा मुहम्मद वसिमले २२ रनको योगदान दिए । नेपालका लागि शहाब आलम, आरिफ शेख र कप्तान सन्दीप लामिछानेले १–१ विकेट लिए । शृङ्खलाको पहिलो खेलमा नेपालले शुक्रबार ओमानलाई ६ विकेटले पराजित गरेको थियो । 

    शनिवार, माघ २९ २०७८०३:१६:२१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार