बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

(आइएसएल) क्लब इस्ट बंगानमा खेल्ने पहिलो नेपाली खेलाडी बने अनन्त

(आइएसएल) क्लब इस्ट बंगानमा खेल्ने पहिलो नेपाली खेलाडी बने अनन्त

  • 2.1K
    SHARES

  • (आइएसएल) क्लब इस्ट बंगानमा खेल्ने पहिलो नेपाली खेलाडी बने अनन्त

    नेपाल राष्ट्रिय फुटबल टोलीका सेन्ट्रल डिफेन्डर अनन्त तामाङ इन्डियन सुपर लिग ( आइएसएल)) क्लब इस्ट बंगानमा आगामी सिजनका लागि अनुबन्ध भएका छन् ।

    जारी ए डिभिजन लिग-२०७८  मा थ्री स्टार क्लबबाट खेल्दै गरेका अनन्तले बाँकी आइएसएलका चार खेलमा इस्ट बंगानको प्रतिनिधित्व गर्नेछन् । उनले ललितपुरको थ्री स्टार क्लबबाट फुकुवा पत्र समेत लिइसकेका छन् । सम्झौतासँगै उनी अर्को साता भारत जाँदैछन । क्लब तथा खेलाडी दुबैले आधिकारिक रूपमा अनुबन्ध भएको घोषणा गरेका छैन । भारतीय अनलाइन मिडियाले दुईतर्फी सम्झौता भएको बताए । 

    सन् २०१६ को बंगबन्धु गोल्डकप, १२ औं दक्षिण एसियाली खेलकुद (साग),  सोलिडारिटी कप र १३औं साग नेपालले उपाधी हात पार्दा अनन्त टोलीका महत्त्वपूर्ण सदस्य थिए । 

    यस सम्झौतासँगै २४ वर्षीय अनन्त आइएसएल खेल्ने पहिलो नेपाली खेलाडी भएका छन् । इस्ट बंगानबाट भने पूर्वअअध्यक्ष गणेश थापाले खेलिसकेका छन् । 

    अनन्त नेपाली टिमका नियमित सदस्यसमेत हुन् । एन्फा एकेडेमीका अनन्त विशेषत: सेट पिसका लागि माहिर मानिन्छन् । 

    शुक्रवार, माघ २८ २०७८१०:०७:१७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार