प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रिपरिषद् विस्तार गरे । उनले आज १४ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
मुख्यमन्त्री राईले ५ सदस्यीय मन्त्रिमण्डललाई विस्तार गरेर १४ सदस्यीय बनाए । एक जना राज्यमन्त्री रहेका छन् भने १२ जना मन्त्री रहे । मुख्यमन्त्री कार्यालयका अनुसार रामकुमार राई, राजन राई, खिनु लिम्बु, झलकबहादुर मगर, शेखरचन्द्र थापा,ओम प्रकाश सरावागी, प्रतापप्रकाश हाङगाम,उपेन्द्रप्रसाद घिमिरे मन्त्री नियुक्त भएका छन् । विष्णु तुम्बाहम्फे राज्यमन्त्री बनेका छन् ।
कात्तिक १६ मा गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार गरिएको हो । अघि बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालय फुटाउने निर्णय गरेर क्याबिनेट जम्बो बनाइएको हो । इन्द्रबहादुर आङ, आर्थिक मामिला, हिमाल कार्की सडक पूर्वाधार तथा सहरी,केदार कार्की आन्तरिक मामिला,जयराम यादव स्वास्थ्यमन्त्री यसअघि नै बनेका थिए ।
आज थपिएका रामकुमार राई खानेपानी तथा सिंचाई तथा ऊर्जा, राजन राई सामाजिक विकास, खिनु लिम्बु पर्यटन तथा संस्कृति, झलकबहादुर मगर कृषि, शेखरचन्द्र थापा बन,वातावरण तथा भू-संरक्षण,ओमप्रकाश सरवागी उद्योग,श्रम तथा रोजगार, प्रताम प्रकाश हाङगाम भूमि व्यवस्था र उपेन्द्रप्रसाद घिमिरे यातायात व्यवस्था तथा सञ्चार मन्त्री बनेका छन् ।

मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।