देशका धेरै उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भएको छ ।
पानी परेसँगै सिन्धुपाल्चोका उच्च हिमाली तथा पहाडी क्षेत्रमा हिमपात भएको हो । काठमाण्डौको चन्द्रागिरि, फुल्चोकीसहित हुम्ला, सोलुखुम्बु, बझाङ, बाजुरा, बैतडी, डाेटी, दार्चुलामा हिमपात भएको छ ।
सिन्धुपाल्चोकमा अहिलेसम्म दोस्रो पटक हिमपात भएको छ । यसअघि गएको पुसमा पनि उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात भएको थियो ।













